पहिरोले घर बगाउँदा प्युठानमा एकै परिवारका जना ६ जना बेपत्ता
काठमाडौं, २१ असोज।निरन्तर परेको बषाका कारण खसेको पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।
पहिरोमा बमबहादुरसहित उनबी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएका हुन । पहिरो गएको ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ ।सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप