Upalabdhi News

यसपटक निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुनेछ –निर्वाचन आयोग

उपलब्धि मिडिया
अशोज २१, २०७९ | ५:२७ बजे


काठमाडौं, २१ असोज।विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आचार–संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्ट पारेको हो ।

यसपटक उम्मेदवारी दर्ताका क्रममा निर्वाचन अधिकृतको कार्यालयमा ठूलो भीड नहुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालको भनाई छ । विगतमा उम्मेदवारी दर्ताका क्रममा दलहरू शक्ति प्रदर्शन गर्ने र सकेसम्म धेरै जना लिएर निर्वाचन अधिकृतको कार्यालय पुग्ने गरेकामा यसपटक यस्तो गर्न पाइने छैन । यसपटक उम्मेदवारी दर्ता गराउन एउटा दलबाट २५ जनाभन्दा बढी निर्वाचन अधिकृतको कार्यालय जान नपाइने आचारसंहितामा उल्लेख छ । सोही कारण थोरैको संख्यामा उपस्थिति हुँदा काम गर्न सहज र व्यवस्थित पनि हुने आयोगको निष्कर्ष छ ।

त्यस्ते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरूमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरू भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरूलाई जानकारी दिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगले निर्वाचन आयोगसँग एकीकृत किसिमको डाटा प्रणाली नरहेकाले निर्वाचनमा अयोग्य व्यक्तिको उम्मेदवारी नपरोस् भन्ने मनसायले निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन सम्बन्धित नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरूलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?