Upalabdhi News

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

उपलब्धि मिडिया
कार्तिक २, २०७९ | ५:०३ बजे


काठमाडौं, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?