कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, ५ कात्तिक । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना भएको छ । पिपराबाट तौलिहवा आउँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
जितपुर–तौलिहवा सडक खण्डअन्तर्गत शुक्रबार साँझ ८ बजेतिर वाणगंगा नगरपालिका–३, सिउटीमा साइकल यात्रु बचाउने क्रममा ट्रक दुर्घटनामा भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका दुई सशस्त्र प्रहरीका हबल्दार रमेश चौधरी र जवान जनक चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार गराउँदा गराउँदै शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
