गठबन्धनलाई अब्बल देखाउन खुशीसाथ एकले अर्कालाई भोट हालौँ – सत्ता गठबन्धन

काठमाडौं, ५ कात्तिक । विराटनगरमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै संविधान जोगाउने शक्तिलाई जनताले जिताउन पर्ने नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको दाबी गरे । विराटनगरमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन बनाएर अहिले चुनावी मैदानमा उत्रिएको बताए ।
त्यस्तै गठबन्धनलाई अब्बल देखाउन खुसी साथ एकले अर्कालाई भोट हाल्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेका छन् । उनले बाम लोकतान्त्रिक गठबन्धनले विराटनगरमा गरेको कार्यक्रममा प्रचण्डले गठबन्धनमा रहेका दलले को कहाँ भन्ने छाडेर खुसी साथ एकले अर्कालाई भोट हाल्नुपर्ने जिकिर गरेका छन् । आसन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीजस्ता बेठिक मान्छेको हातमा पुगेको मुलुकलाई गठबन्धनले जोगाएको बताएका छन् । पाँच दलीय गठबन्धनले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेपालले संकटबाट देशलाई जोगाउन आफूहरूले जोखिम लिएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
