Upalabdhi News

गृहमन्त्री खाण र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता

उपलब्धि मिडिया
कार्तिक ६, २०७९ | १०:४४ बजे

काठमाडौं,६ कार्तिक। गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भउको छ । आज गृहमन्त्रालयमा भएको भेटवार्ता उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए ।

उनले नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?