Upalabdhi News

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाको मृत्यु

उपलब्धि मिडिया
कार्तिक ६, २०७९ | ११:५१ बजे


काठमाडौं,६ कार्तिक। ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । ट्याक्टरमा सवार एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार दार्चुलाबाट गोकुलेश्वरतर्फ गइरहेको सु. प प्र ०२००१ त १४६७ नम्बरको ट्याक्टर उल्लानीमा दुर्घटना भएको हो । ट्याक्टरमा ३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?