Upalabdhi News

देशलाई समृद्धिको नेतृत्व गरेर लैजानको लागि गठबन्धन आवश्यक छ –बाबुराम भट्टराई

उपलब्धि मिडिया
कार्तिक ७, २०७९ | १:५२ बजे


काठमाडौं, ७ कात्तिक। सत्तारूढ गठबन्धन नै वैचारिक धरातलमा बनेको पवित्र गठबन्धन भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् । उनले सत्तारूढ गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गठबन्धनका कार्यकर्तालाई सम्बोधन गर्दै एमाले नेतृत्वको गठबन्धन अपवित्र गठबन्धन भएको दाबी गरेका छन् ।

उनले लोकतन्त्रको रक्षा गरेर छोटो समयमा देशलाई समृद्धिको नेतृत्व गरेर लैजानको लागि गठबन्धन आवश्यक भएको र गठबन्धन युगको आवश्यकता पनि भएको बताएका छन् । भट्टराईले नेपालमा मतदाताहरू पार्टीभन्दा पनि चुनाव चिह्नमा हामी धेरै लड्ने गरेको भन्दै गठबन्धनमा रहेका दलका चुनाव चिह्नको व्याख्या समेत गरेका छन् ।

उनले भने, ‘वैचारिक र भूराजनीतिक सन्तुलनका हिसाबले बनाएको गठबन्धन नै पवित्र गठबन्धन हो । सबैभन्दा पवित्र गठबन्धन यही हो । राजावादी शक्तिहरू, वामपन्थी भनेर उग्र राष्ट्रवादको वकालत गर्ने शक्तिहरूको गठबन्धन अपवित्र गठबन्धन हो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?