राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिनुपर्छ – सुनिता डंगोल
काठमाडौं, ९ कात्तिक। सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको भनाई छ । आज भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले नेपाल सम्वतको छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताएकी छन् । सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरुमा नेपाल संवत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय संवत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने उपप्रमुख डंगोलले उल्लेख गरेकी छन् । उनले अहिलेका राजनीतिक दल र नेताहरुले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको समेत बताइन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप