Upalabdhi News

आफ्नो एकमात्र एजेण्डा देशको समृद्धि र विकास गर्नुहो –ओनसरी घर्ती

उपलब्धि मिडिया
कार्तिक ९, २०७९ | १२:४५ बजे

काठमाडौं, ९ कात्तिक। आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले बताएकी छन् ।आज साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताएकी हुन् ।

अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने उनको भनाई छ । उनले विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने बताइन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरूको हक अधिकारहरुको सुनिश्चित हुने गरी कानुन बनाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?