गठबन्धनले महोत्तरी- १ ‘क’ को विवाद टुंग्यायाे
महोत्तरी, १२ कात्तिक । सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी- १ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाइ वैधता प्रदान गरेको हो ।
गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्याेल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ ।
क्षेत्र न.२ क को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।
क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ । `भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,´ लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप