Upalabdhi News

आगामी दिनमा प्रचण्ड प्रधानमन्त्री सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने –बाबुराम भट्टराई

उपलब्धि मिडिया
कार्तिक १३, २०७९ | ११:०४ बजे


काठमाडौं, १३ कात्तिक । आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन् ।

आज गोरखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?