Upalabdhi News

थाहा पाउनुहोस् आजको राशिफल

उपलब्धि मिडिया
कार्तिक १४, २०७९ | ७:५७ बजे


काठमाडौं, १४ कात्तिक । आजको पात्रो ः १४ कात्तिक २०७९, सोमबार । तद्नुसार अक्टोबर महिनाको ३१ तारिक २०२२ । कार्तिकशुक्लपक्ष सप्तमी, आज बिहान उदाँउदो सूर्यको दर्शन गरी छठ पर्व सकिन्छ ।तराई क्षेत्रमा छठको उल्लास आजबाट सकिन्छ । आज बिहान सूर्योदय ६ः१४ मा भएको छ भने सूर्यास्त ५ः२२ मा हुनेछ । आज गर करण, उत्तरषाढा नक्षत्र, धृति योग, चन्द्रमा धनु राशिमा रहेको छ ।

मेष
मेष राशिका जातकका लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा मात्र कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ । मौन रहनु उत्तम हुनेछ ।

वृष
वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निरासा छाउने छ । पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउने छ । चन्द्रमाको साथ रहेको छ । बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।

मिथुन
आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट
आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा नैं आरोप लाग्न सक्छ ।

कन्या
कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपार्इंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । बालक, बालिकालाई भोजन गराउनुहोला ।

तुला
आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार व्यवसायमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्म यात्राले मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक
आजको दिन यात्रा अवरोध आउनसक्छ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु
धनलाभ हुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मकर
आज अर्थलाभ हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको छ, भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ
आजको दिन यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन
मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?