Upalabdhi News

प्रधानमन्त्री बन्नका लागि आसन्न निर्वाचन जित्नुको विकल्प मलाई छैन–गगन थापा

उपलब्धि मिडिया
कार्तिक २३, २०७९ | ११:०१ बजे


काठमाडौं, २३ कात्तिक। प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाई छ ।

आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका छन् । महामन्त्री थापाले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताएका छन् ।

हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको महामन्त्री थापाको भनाई छ । यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको महामन्त्री थापाले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने महामन्त्री थापाले
प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?