निर्वाचनका बेला भूकम्पपीडितका लागि आर्थिक सहायता गर्नु आचारसंहिताविपरीत–निर्वाचन आयोग

काठमाडौं, २३ कात्तिक । निर्वाचन आयोगले डोटीबाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चक्र मल्लले भूकम्पपीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आर्थिक सहायता दिने घोषणा गर्नु आचारसंहिताविपरीत भएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अवधिमा सरकारबाहेक स्वतन्त्र व्यक्तिले आर्थिक सहायता घोषणा गर्न वा दिन नपाइने बताएका हुन् । एमाले डोटी अध्यक्षसमेत रहेका मल्लले बुधबार बिहान भूकम्पपीडितका लागि १ लाख रुपैयाँ सहायता दिने घोषणा गरेका थिए । तर, आयोग प्रवक्ता पौडेलले त्यस्तो कार्यलाई आचारसंहिताविपरीत भनेका हुन् ।
बुधबार बिहान गएको भूूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । ११ असोजमा आयोगले ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै सरकार, दल, उम्मेदवार र संघसंस्थाको नाममा निर्देशन जारी गरेको थियो । निर्देशनपत्रको १२औँ बुँदामा आर्थिक सहायता दिन नहुने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
