Upalabdhi News

भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

उपलब्धि मिडिया
कार्तिक २३, २०७९ | १:५२ बजे


काठमाडौं, २३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज विहान डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

भूकम्पले घर भत्कदा निधन भएकाहरुप्रति श्रद्धाञ्जी अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।  

उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाहरुको उपचार तथा घर भत्किएर विस्थापित भएकाहरुका लागि उचित बबोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले भूकम्प लगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?