आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपः न्युजिल्याण्डमाथि पाकिस्तानको जित
काठमाडौं, २३ कात्तिक । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।आज सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। जसका लागि ड्रायल मिचेलले सर्वाधिक अविजित ५३ रन बनाउँदा कप्तान केन विलियमसनले ४६ रन बनाए। त्यस्तै डेभोन कोन्वेले २१ रन बनाउँदा जेम्स नीशम १६ रनमा अविजित रहे। बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदीले २ विकेट लिँदा मोहम्मद नवाजले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानलाई कप्तान बाबर आजम र मोहम्मद रिजवानले सानदार सुरुवात दिलाउँदा १९।१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। रिजवानले सर्वाधिक ५७ रन बनाउँदा बाबरले ५३ रन बनाए। त्यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए।बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिँदा मिचेल स्यान्टनरले १ विकेट लिएका थिए।
अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएर पूरा गरेको थियो ।