परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ को निर्वाचन– प्रचण्ड
काठमाडौं, २४ कात्तिक । मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आज गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताएका छन् । त्यसैले सम्मृद्धिको हितमा रहेको गठबन्धनलाई जनताले अत्याधिक विजयी गराउन जरुरी रहेको प्रचण्डको भनाइ छ ।
त्यस्तै उनले संविधान मिचेर लोकतन्त्रको हत्या गर्ने प्रयास भएपनि त्यसलाई आफूहरूले असफल पारिदिएको बताएका छन् । ‘नेपालमा यदि त्यो सफल भएको भए देश फेरि आन्दोलन र अराजकतामा जान्थ्यो, यद्यपि त्यसलाई हामीले परास्त गर्यौ र स्थानीय हुँदै यो निर्वाचनसम्म आएका छौ’, गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले गठबन्धन नारा नै सम्बृद्धि र विकास भएको बताए । उनले आफ्नो एउटै मात्र सपना रहेको र त्यो भनेको गोरखाबाट आर्थिक सम्बृद्धिको सुरुवात गर्ने र त्यो सम्बृद्धि विश्वले देख्ने बताए ।