Upalabdhi News

टोंगामा ७ दशमलब १ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

उपलब्धि मिडिया
कार्तिक २६, २०७९ | ८:५१ बजे

टोंगा, २६ कात्तिक। टोंगामा शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो ।
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?