Upalabdhi News

यसपालिको निर्वाचनमा जनताले आफ्नो एकाधिकार मतबाट जवाफ दिने–अजय द्विवेदी

उपलब्धि मिडिया
कार्तिक २६, २०७९ | ९:५५ बजे

काठमाडौं, २६ कात्तिक । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले जनताकै मतले निर्वाचित हुने र जनतालाई दास झै व्यवहार गर्नेहरुको यसपालिको निर्वाचन पश्चात अन्तय हुने बताउनु भएको हो । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले हालसम्म जनताकै मतले निर्वाचित हुने गरेको र जनतालाई नै शोषण गर्ने गरेको बताए ।

उनले जनताको मतबाट निर्वाचित हुने र जनताको विकासको लागि पुग्ने रकम भ्रष्टाचारकै माध्यमले सखाप हु्ने गरेको बताउदै त्यस्ता भ्रष्टाचार बिरुद्ध आफुले उम्मेदवारी दिएको बताउनु भयो । यसपालिको निर्वाचनमा जनताकै बिश्वास र जनताकै भरमा आफुले चुनाव लाडेको बताउदै यसपालिको निर्वाचनमा जनताकै जित हुने बिश्वास लिएको बताउनु भयो ।

स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले कुर्सीको लागि राजनीति गर्ने र जनताको मर्म संग राजनीति गर्नेहरु कहिले जनताको हुनै नसक्ने बताए । कुर्सीको
लोभमा आफ्नै पार्टीका अध्यक्षको पुत्ला दहन समेत गर्ने त कहिले कुर्सीको लागि जनतालाई प्रयोग गर्दै बाटो अवरुद्ध गराउनेहरु जनताको हितमा नसोचेर आफ्नो स्वार्थको लागि सोच्ने मान्सीक्तालाई यसपालिको निर्वाचनमा जनताले जवाफ दिने बताए । कुर्सी पाउदैमा महाराजा बनि जनतालाई दास झै प्रयोग गर्नेहरुलाई यसपालि जनताले आफ्नो एकाधिकार मतबाट जवाफ दिने, उनले बताए । जनताको भविष्य जनताकै हातमा रहेको भन्दै यसपालिको निर्वाचनमा जनताकै जित हुने समेत जिकिर गरे ।

यता पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले आफ्नो क्षेत्रका जनतालाई यसपालिको निर्वाचनमा मछरी छापमा मतदान गरी भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागि हुन आग्रह गरे । उनले परिवर्तनका लागि, आफ्नो हक सुनिश्चित गर्नका लागि, भ्रष्टाचार बिरुद्ध कडा अवाज उठाउनका लागि यसपालि जनताले स्वतन्त्रकै पक्ष मछरी छापमा मतदान गर्न विश्वास लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?