पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने विष्णु पौडेलको दाबी

काठमाडौं, २६ कात्तिक । पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले दाबी गरेका छन् । रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले शनिवार घरदैलो गर्ने क्रममा पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका हुन् ।
घरदैलो गर्ने क्रममा जनताले आफूहरूलाई देखाएको उत्साहपूर्ण सहभागिता, माया र आर्शीवादले पनि आफूले जित्ने कुरामा दुई मत नभएको उनको भनाई छ । उपाध्यक्ष पौडेलले लेविगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफू उत्साहित बनेको उल्लेख गरेका छन् । रुपन्देहीलाई विकासको हिसाबले देशकै नमुना जिल्ला बनाउन आफू लाग्ने उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
