Upalabdhi News

गठबन्धनको नाममा ठगबन्धन गर्ने प्रयास गरिदै छ–अजय द्विवेदी

उपलब्धि मिडिया
कार्तिक २७, २०७९ | ११:४० बजे

काठमाडौं, २७ कात्तिक । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्र्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनु भएका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जनता मात्र उभिएका छैन्न, प्रचार प्र्रसारमा समेत जुटिएको देखा पर्न थालेको छ । निर्वाचनको समयमा ठुला ठुला भाषणबाट आजित भएका स्थानीयहरुले यसपालि स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई रोेज्दै आफै प्रचार प्रसारमा जुटेको देखा पर्न थालेको हो ।

पार्टीका नेताहरु मात्र भाषणवाजी बाहेक विकासको काम गर्न नसकेको आरोप लगाउदै यसपालि हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारलाई रोज्ने मतदाताहरु बताउछन । पर्सा क्षेत्र नम्बर १ को वीरगंज महानगरपालिकाको बिभिन्न वडाहरुमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुको टिमले मतदाता संग प्रश्ण गर्दा मतदाताहरुले यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई रोजेको र आफै पार्टी प्रचार प्रसारमा समेत लागेको बताउनु थालेका छन ।

बिगत ५ बर्षदेखी विकास हुन नसकेको र मधेसको नाममा निर्वाचित हुने नेताहरु आफ्नो क्षेत्रका लागि केही गर्न नसकेको कारण पनि स्वतन्त्र उम्मेदवार द्विवेदीलाई रोजेको मतदाता बताउछन । वीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी रामसहाय पटेलका अनुसार मधेसी जनता संग मधेसी दलले नै धोका गरेको बताए । उहाले मधेस आन्दोेलन गराउने र मधेसीको छाति तथा टाउकोमा गोली चलाउन लगाउने केपि ओलीकै शरणमा मधेसी दल पुगेको कारण यसपालिको निर्वाचनमा मधेसी दललाई निर्वाचित गराउन नसक्ने बताए । रक्सी र मासुको भरमा यसपालिको निर्वाचनमा निर्वाचित हुने सपना त्यागे हुन्छ भन्दै आक्रोष पोखे ।

वीरगंजको आन बान शानको रुपमा मानिने मुलुककै दोश्रो ठुलो रंगशाला, मधेस प्रदेशको सबै भन्दा पुरानो र ठुलो अस्पतालको रुपमा मानिने नारायणी अस्पतालको अवस्था जिर्ण हुनुमा मधेसी दलकै नेताको कमि कमजोरी रहेको, उनले आरोप लगाए । मधेस आन्दोलनमा सहादत भएकाहरु र वीरगंजको भौत्तिक पूर्वाधारको संरक्षण गर्न नसक्ने नेतालाई यसपालि हुन गइरहेको निर्वाचनमा मतदान नगर्न पटेलले ठोकुवा गर्नु भयो । निर्वाचित गराउने मतदाता नै हो तर मतदातालाई अपशब्द प्रयोग गर्ने नेताहरुलाई यसपालि बहिस्कार गर्दै स्वतन्त्रको पक्षमा उभिएको मात्र होइन प्रत्येक घर घरमा पुगि आफै स्वतन्त्र अजय द्विवेदीको माछा छापमा मतदान गर्न आग्रह गर्दै हिडेको बताए ।

यता स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले यस बिषयमा जनता नै निर्वाचन लडिरहेको र जनताले नै निर्वाचित हुने भएकोले आ—आफ्नो ठाउबाट जनताले मत माग्न हिडेको बताउनु भयो । उहाले रामसहाय पटेल जस्तै हिम्मती र आफ्नो हक अधिकारको लागि अवाज उठाउन सक्ने व्यक्तिलाई अभार व्यक्त गरेका छन । जनताले आ—आफ्नो ठाउबाट पटेल जस्तै अभियान चलाइयो भने जनतालाई निर्वाचित हुनबाट कुनै पार्टीका नेताले रोक्न नसक्ने, स्वतन्त्र उम्मेदवार द्विवेदीले दावी गर्नुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताको जित हुने बताउनु भएको छ । यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले आफ्नो एक्काधिर मत प्रयोग गरी जनतालाई नै निर्वाचित गराउने बताउनु भएको हो ।

यस अनलाइन संग कुरा गर्दै स्वतन्त्र उम्मेदवार द्विवेदीले क्षेत्र नम्बर १ बाट जनताले नै उम्मेदवारी दिएको र यसपालिको निर्वाचनमा जनता नै जित हासिल गर्ने बताउनु भयो । क्षेत्र नम्बर १ का जनता राजनीतिक दलबाट धोका पाएको र गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउने प्रयास गरिएको कारण यसपालिको निर्वाचनमा जनताले नै परिवर्तन चाहेको, उनले बताए । गठबन्धनको नाममा ठगबन्धन रहेको बिषय जनता बुझिसकेका कारण यसपालि जनता नै उम्मेदवारी दिएको र जनता नै निर्वाचित हुने दावी, स्वतन्त्र उम्मेदवार द्विवेदीले गर्नु भयो ।

जनता आफ्नो अधिकारको लागि, जनता आफ्नो अवाजको लागि, यसपालिको निर्वाचनमा आफै उम्मेदवारी दिएको र जनता आफै निर्वाचित हुने स्वतन्त्र उम्मेदवार द्विवेदीले बताए । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा जनताकै जित हुने ठोकुवा समेत गरे । उनले जनताले आफ्नो एकाधिकार मत प्रयोग गरी जनता नै जित हासिल गर्ने उनले बताए ।

बिगतमा आफु सांसद हुदा पुल, बिद्यालय, स्वास्थ्य चौकी निर्माण गरिएको द्विवेदीले जानकारी दिनुभयो । जनताको हक हितका लागि काम गरेको तर आफ्नो नामको प्रवेशद्वार नबनाएको, द्विवेदीले जिकिर गर्नुभयो । बिकास बारे उम्मेदवारी दिएका सांसद संग जनताको बिचमा डिभेड गर्न तयार रहेको समेत द्विवेदीले चुनौती दिए । गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउन पाइदैन, जनताको अधिकारलाई बन्धक बनाउन पाइदैन, नेतातन्त्र चल्दैन, अब जनतातन्त्र चल्छ भन्दै उहाले चुनावी मैदानमा होमिएको, स्वतन्त्र उम्मेदवार द्विवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार शीर्षकहर थप