Upalabdhi News

यसपालिको निर्वाचनमा जनताको जित हुँनेछ– अजय द्विवेदी

उपलब्धि मिडिया
कार्तिक २८, २०७९ | ११:४७ बजे

काठमाडौं, २८ कात्तिक । मधेस आन्दोलनमा सहादत संग मात्र नभई मधेसको प्रत्येक जनताको मर्म संग खेलवाड गरेको मधेसी दलका पार्टीलाई यसपालिको निर्वाचनमा मतदान नगर्न मतदाताहरुले अडान लिएका छन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का मतदाताले आफ्नो कुर्सी र सत्ताको लागि मधेस आन्दोलन गराई सहादत भएका परिवार संगै प्रत्येक मधेसी जनताको मर्म संग खेलवाड गरेको मधेसी दललाई यसपालिको निर्वाचनमा मतदान नगर्ने अडान लिएका हुन ।

आफ्नो कुर्सी र सत्ताको लागि सोझा साझा मधेसी जनतालाई विभिन्न मागको बाहाना गर्दै गरिएको मधेस आन्दोलनका कारण मधेसी दलका नेताहरु निर्वाचित त भए तर मधेसी जनताको लागि केही गर्न नसकेको आरोप क्षेत्र नम्बर १ का मतदाताहरु लगाउन थालेका छन । मधेसी जनताकै मतबाट निर्वाचित भएका नेताहरु, त्यही जनतालाई राणशाही कालकै शाषण गर्न खोजिएको, युवाहरु आरोप लगाउन थालेका छन । मधेसी जनता माथि पटक पटक अन्याय गर्दै आएको मधेसी दलले निर्वाचनको समयमा जवाफ फर्काउन नसकेको समेत मतदाताहरु बताउछन ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जादा मधेसी दलका नेताहरु पनि घरदैलो अभियानलाई तिब्रता दिएका छन । तर घरदैलो गर्दा गर्दै मधेसी नेता संग मतदाताहरुले गरेको प्रश्णको जवाफै नदिई बिच सडकबाटै भाग्ने कार्य मधेसी दलका नेताहरु गरिरहेको मतदाताहरु बताउछन । एक जना मतदाताका अनुसार सडक निर्माण, नाला निर्माण, पोखरी निर्माणहरुमा आफ्नै आसेपासेलाई ठेक्का दिएर कमिसनको भरमा काम गर्दै आएको मधेसी दललाई यसपालि बहिस्कार गर्दै स्वतन्त्र उम्मेदवारलाई जिताउन मधेसी जनता लागि परेको बताए ।

भ्रष्टाचार नै भ्रष्टाचार लागेका मधेसी नेताहरुलाई यसपालिको निर्वाचनमा मतदाताहरु निर्वाचित नगराउन अडान लिएपछि मधेसका मसिहाहरु रकमको बिठो लिएर घुमिरहेको तारानाथ शर्माले जानकारी दिनुभयो । उहाले आफुलाई मधेसको मसिहा बताउने प्रदिप यादव खासमा हेर्ने हो भने मधेसी जनताको लागि होइन यसपालि पनि निर्वाचित भए आफ्नै कुर्सी र सत्ताका साथ साथै आम्दानी बढाउनेमा दुईमत नै नरहेको, उनले बताए । भ्रष्टाचार गरेका छैन्न भने कसरी निर्वाचनको समयमा पैसा बाड्दै हिडिरहेका छन ? भन्दै प्रश्न थिए ।

प्रत्येक वडा वडामा अगुवाहरुको रकम जिम्मा लगाई मतदाताहरुलाई रकम बाड्ने काम भएको शर्माले जानकारी दिनुभयो । मतदातामा जति रकम बाडेपनि यसपालिको निर्वाचनमा जनता स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा रहेको, उनले बताए । यसपालिको निर्वाचनमा निगरानीमा खटिने प्रहरी प्रशासन समेत सत्तामा बसेका नेताहरु संग सहकार्य गर्दै स्वतन्त्र उम्मेदवारलाई हराउने प्रयास गरेको समेत उनले दावी गरे ।

बिगत ५ बर्षदेखी विकास हुन नसकेको र मधेसको नाममा निर्वाचित हुने नेताहरु आफ्नो क्षेत्रका लागि केही गर्न नसकेको कारण पनि स्वतन्त्र उम्मेदवार द्विवेदीलाई रोजेको मतदाता बताउछन । वीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी रामसहाय पटेलका अनुसार मधेसी जनता संग मधेसी दलले नै धोका गरेको बताए । उहाले मधेस आन्दोेलन गराउने र मधेसीको छाति तथा टाउकोमा गोली चलाउन लगाउने केपि ओलीकै शरणमा मधेसी दल पुगेको कारण यसपालिको निर्वाचनमा मधेसी दललाई निर्वाचित गराउन नसक्ने बताए । रक्सी र मासुको भरमा यसपालिको निर्वाचनमा निर्वाचित हुने सपना त्यागे हुन्छ भन्दै आक्रोष पोखे ।

वीरगंजको आन बान शानको रुपमा मानिने मुलुककै दोश्रो ठुलो रंगशाला, मधेस प्रदेशको सबै भन्दा पुरानो र ठुलो अस्पतालको रुपमा मानिने नारायणी अस्पतालको अवस्था जिर्ण हुनुमा मधेसी दलकै नेताको कमि कमजोरी रहेको, उनले आरोप लगाए । मधेस आन्दोलनमा सहादत भएकाहरु र वीरगंजको भौत्तिक पूर्वाधारको संरक्षण गर्न नसक्ने नेतालाई यसपालि हुन गइरहेको निर्वाचनमा मतदान नगर्न पटेलले ठोकुवा गर्नु भयो । निर्वाचित गराउने मतदाता नै हो तर मतदातालाई अपशब्द प्रयोग गर्ने नेताहरुलाई यसपालि बहिस्कार गर्दै स्वतन्त्रको पक्षमा उभिएको मात्र होइन प्रत्येक घर घरमा पुगि आफै स्वतन्त्र अजय द्विवेदीको माछा छापमा मतदान गर्न आग्रह गर्दै हिडेको बताए ।

त्यस्तै स्वतन्त्र द्विवेदीले यस बिषयमा जनता नै निर्वाचन लडिरहेको र जनताले नै निर्वाचित हुने भएकोले आ—आफ्नो ठाउबाट जनताले मत माग्न हिडेको बताउनु भयो । उहाले रामसहाय पटेल जस्तै हिम्मती र आफ्नो हक अधिकारको लागि अवाज उठाउन सक्ने व्यक्तिलाई अभार व्यक्त गरेका छन । जनताले आ—आफ्नो ठाउबाट पटेल जस्तै अभियान चलाइयो भने जनतालाई निर्वाचित हुनबाट कुनै पार्टीका नेताले रोक्न नसक्ने, स्वतन्त्र उम्मेदवार द्विवेदीले दावी गर्नुभयो ।

त्यसैगरी अजय द्विवेदीले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताको जित हुने बताउनु भएको छ । यसपालिको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले आफ्नो एक्काधिर मत प्रयोग गरी जनतालाई नै निर्वाचित गराउने बताउनु भएको हो ।

यस अनलाइन संग कुरा गर्दै स्वतन्त्र उम्मेदवार द्विवेदीले क्षेत्र नम्बर १ बाट जनताले नै उम्मेदवारी दिएको र यसपालिको निर्वाचनमा जनता नै जित हासिल गर्ने बताउनु भयो । क्षेत्र नम्बर १ का जनता राजनीतिक दलबाट धोका पाएको र गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउने प्रयास गरिएको कारण यसपालिको निर्वाचनमा जनताले नै परिवर्तन चाहेको, उनले बताए । गठबन्धनको नाममा ठगबन्धन रहेको बिषय जनता बुझिसकेका कारण यसपालि जनता नै उम्मेदवारी दिएको र जनता नै निर्वाचित हुने दावी, स्वतन्त्र उम्मेदवार द्विवेदीले गर्नु भयो ।

जनता आफ्नो अधिकारको लागि, जनता आफ्नो अवाजको लागि, यसपालिको निर्वाचनमा आफै उम्मेदवारी दिएको र जनता आफै निर्वाचित हुने स्वतन्त्र उम्मेदवार द्विवेदीले बताए । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा जनताकै जित हुने ठोकुवा समेत गरे । उनले जनताले आफ्नो एकाधिकार मत प्रयोग गरी जनता नै जित हासिल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?