एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटः युएईसँग नेपाल पराजित

काठमाडौं, २९ कात्तिक । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।
युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।
एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेलेका थिए।त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाएका थिए ।कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भएका भए भने गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाएका थिए ।
त्यस्तै युएईका आयन अफ्जल खानले ४ विकेट लिए ।बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १–१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।
युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए ।एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपि रिजवान २ रनमा आउट भए ।आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए । नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ ।अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
