Upalabdhi News

सबै विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु –प्रकाशमान सिंह

उपलब्धि मिडिया
कार्तिक ३०, २०७९ | १२:१२ बजे


काठमाडौं, ३० कात्तिक । सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।नेता सिंह लोकतान्त्रिक–वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन । उनले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका छन् ।

घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै नेता सिंहले निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । जनताले खानेपानीको समेत माग गरिरहेको उनको भनाई छ । उनले शिक्षामा समानताका लागि सङ्घीय शिक्षा ऐन बनाउँदा जोड दिने बताएका छन् ।

उनले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताएका छन् । काठमाडौँ क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको नेता सिंहले बताएका छन् । उनले संवैधानिक निकायमा राजनीतिकरण नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?