विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमै पुनरावेदन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
