Upalabdhi News

लुम्बिनी प्रदेश सभा सदस्यको सपथ ग्रहण आज हुँदै

उपलब्धि मिडिया
पुस १७, २०७९ | ९:४३ बजे


काठमाडौ पुस १७ गते । आज दिउँसो १ बजे लुम्बिनी प्रदेश सभा सदस्यको सपथ ग्रहण हुँदैछ । प्रदेश सभाको नव निर्मित भवनबाट सपथ लिनेछन् । राप्ती उपत्यका देउखुरीमा पाँच करोड २० लाख खर्चेर नयाँ प्रदेश सभा भवन बनाइएको छ । यही भवनबाट सपथ लिनेछन् ।आज दिउँसो प्रदेश सभा सदस्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सपथ लिने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा १७९ मा प्रदेश सभा सदस्यले प्रदेश सभा वा त्यसको कुनै किसिमको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।प्रदेश प्रमुख शेरचन समक्ष नेपालको संविधानको धारा १८३ को उपधारा९१० बमोजिम प्रदेश सभा सदस्यले अनूसुची–१ को ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

लुम्बिनी प्रदेश सभाले बनाएको प्रदेश सभा नियमावली २०७९ को नियम ४ को उपनियम९१० बमोजिम प्रदेश सभाको पहिलो अधिवेसन आह्वान पश्चात प्रदेश सभाको बैठक बस्नु अघि निर्वाचित सदस्यले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?