सभामुख एमालेले पाउने भएपछि नेताहरुको दौडधुप, गुरुङ र विश्वकर्माको दाबी

काठमाडौं, पुस १९ गते । सभामुख नेकपा (एमाले) ले पाउने भएपछि नेताहरुको दौडधुप शुरु भएको छ । पार्टीभित्रका दुई शीर्ष नेताहरु उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले सभामुखमा दाबी गरिरहेका छन् ।नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहित सात पार्टीको समर्थन पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ गठबन्धन निर्माण भएको छ । माओवादी र एमालेबीच ५ वर्षे सभामुखको पद आधा÷आधा कार्याकाल लिने सहमति भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार माघ १० गतेभित्र सभामुख चयन गरिसक्नुपर्नेछ । २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उनले मत लिएसँगै सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
