रूसले लामो समयसम्म ड्रोन हमलाहरू गरिरहने योजना बनाएको छ – जेलेनेस्की

काठमाडौं, पुस १९ गते । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको दाबी गरेका छन्। युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनहरूमा इरानमा निर्मित ८० वटासम्म ड्रोनलाई खसालिसकेको जेलेनेस्कीले बताएका छन् । इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले युक्रेनमाथि हमला गर्न लागेको विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेको बिबीसीले जनाएको छ।
किएभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लामो समयसम्म ड्रोन हमलाहरू गर्दै युक्रेनलाई सिध्याउने रूसी योजना रहेको उल्लेख गरेका छन्।युक्रेनमाथि रूसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो छ। रूसले पछिल्लो समय युक्रेनका विभिन्न शहर तथा ऊर्जा केन्द्रहरूमाथि हमलाहरू गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
