Upalabdhi News

कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक चयन

उपलब्धि मिडिया
पुस १९, २०७९ | २:०५ बजे


काठमाडौं, पुस १९ गते । नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक चयन भएका छन्।लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?