Upalabdhi News

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

उपलब्धि मिडिया
पुस १९, २०७९ | ५:३९ बजे

काठमाडौं , पुस १९ गते । नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराएका छन् ।

अध्यक्ष नेपालले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराएका छन् । उनले आफूले पार्टी अनुशासित र संस्थागतरूपमा चलोस् भन्ने चाहेको पटक–पटक दोहोर्‍याएका छन् । अध्यक्ष नेपालले पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेकोसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?