मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा यादव चयन
काठमाडौं पुस २० गते । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो ।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । एमाले केन्द्रीय सदस्य समेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका थिए ।दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेकाहरु रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी लगायत दाबेदार रहेका थिए । मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप