Upalabdhi News

कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

उपलब्धि मिडिया
पुस २०, २०७९ | १०:१३ बजे


काठमाडौं पुस २० गते । कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताएका छन् । कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताए ।

महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पु¥याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गरेका छन् ।महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताउए । प्रथम हुने कृषकलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय र तृतीयलाई रु एक हजार पुरस्कार उपप्रमुख थारूले प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?