Upalabdhi News

कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकता–रवि लामिछाने

उपलब्धि मिडिया
पुस २०, २०७९ | २:३९ बजे


काठमाडौं पुस २० गते । उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्। आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।गृहमन्त्री लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाएका छन्।

सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि गृहमन्त्री लामिछानेको भनाई छ । उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन उनले आग्रह गरेका छन्।गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताएका छन्।

गृहमन्त्री लामिछाने कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने जनाए।उनले कालोबजारी तथा कानुन विपरीतका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?