एकीकृत समाजवादी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा छैन –माधवकुमार नेपाल

काठमाडौं पुस २० गते । आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्वीकारेका छन् । आज युवा संघ नेपालले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताएका छन् ।
त्यस्तै अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् । पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको बताए ।उनने राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्यूरो बैठकले पनि सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पारे ।
प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरूको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरू तयार रहेको अध्यक्ष नेपालको भनाइ थियो । त्यस अवसरमा उनले सरकारमा जाने बेलामा आफूहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल नगरेको भन्दै गुनासो समेत गरे । अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताए । उनले पार्टीका सांसदहरूलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराए । सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदहरूलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
