बेटर होम्सले यही २२ गते देखि फर्निचर मेला आयोजना गर्दै

काठमाडौं पुस २० गते । नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रा लि ले यही पौष २२ गते देखि फर्निचर मेला आयोजना गर्ने भएको छ ।घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु बिभिन्न डिजाईनका साथ मेलामा पाइनेछन । मेला काठमाडौंको रसिएन कल्चर,कमल पोखरिमा पौष २२ गते देखि २४ गते सम्म सन्चालन हुनेछ ।
काठका बिभिन्न फर्निचरहरु उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने बेवस्था मिलाईएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रा लि की कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन ।
मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराज लगाएतका सामाग्री राखिएका छन ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
