मन्त्रालय फुटाएर २५ पुर्याउने विषयमा छलफल भएको छैन –प्रधानमन्त्री दाहाल
काठमाडौं पुस २१ गते । सत्ताारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालय फुटाउने विषय छलफल नभएको बताएका छन्। बैठकमा प्रधानमन्त्री दाहालसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाकाका अध्यक्ष उपेन्द्र यादव बैठक सहभागी थिए।
बैठकमा लिङ्देनले मन्त्रालय फुटाउने विषयमा कुरा उठाएका थिए। उनले मन्त्रालय फुटाउँदा जनतामा नराम्रो सन्देश जाने भन्दै ध्यान दिन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले गठबन्धनमा सातवटा दल भएको सबै चित्त बुझाउनुपर्ने बाध्यता भए पनि मन्त्रालय फुटाउने विषयमा छलफल नभएको दाबी गरेका छन् ।उक्त बैठकमा सरकारले १० मा गरेको कामको समीक्षा भएको थियो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको जनजीवीकालाई सहज बनाउनेबारे छलफल भएको बताए। उनले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको बताए। उनले मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको बताए।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेसमेत बताए। उनले गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले बिहीबार टुंग्याउने बताए। साझा कार्यक्रम तयारी बिहीबार टुंग्याएर शुक्रबार सार्वजनिक गर्ने तयारी सत्तारुढ गठबन्धनको छ।