Upalabdhi News

कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

उपलब्धि मिडिया
पुस २१, २०७९ | ९:३५ बजे


काठमाडौं पुस २१ गते । कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न चीनलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ ।डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

उनले अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न चीनलाई आग्रह गरेको जानकारी दिएका छन् । साथै रियल टाइम भाइरल सिक्वेन्सिङको जानकारी पनि धेरै भन्दा धेरै जानकारी गराउन पनि निर्देशन दिएको उनको भनाई छ ।

चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ ।डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनसँग उच्चस्तरीय बैठक गरेको जानकारी दिंदै चीनको अवस्थाबाट आफूहरु चिन्तित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?