आज सत्ता साझेदार दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं पुस २१ गते । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता साझेदार दलको बैठक बस्दैछ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनका लागि बैठक बस्न लागेको हो । उक्त बैठकपछि आजसम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका थिए । उनले भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि बताएका छन् ।
सरकारको साझा कार्यक्रम आइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेछन् । ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रचण्ड छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
