पुस २५ गते भित्र सरकारको दाबी गर्न दलहरुलाई बागमती प्रदेश प्रमुखको आह्वान
काठमाडौं पुस २१ गते । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक विज्ञप्ति जारी गर्दै यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र सरकारको दाबी गर्न दलहरुलाई आह्वान गरेका हुन् ।विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको जनाइएको छ ।
मंसिर ४ गतेको निर्वाचनमा बाग्मती प्रदेशमा कुनै पनि दल एक्लैले बहुमत प्राप्त गर्न सकेका छैनन । सोही कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
सम्बन्धित समाचार शीर्षकहर
थप