Upalabdhi News

आज प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

उपलब्धि मिडिया
पुस २३, २०७९ | १२:०३ बजे


काठमाडौं पुस २३ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाबुराम भट्टराई शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

भेटमा भट्टराईका अतिरिक्त सोही पार्टीका गंगा श्रेष्ठ र विश्वदीप पाण्डे पनि सहभागी थिए।प्रधानमन्त्री प्रचण्डले यही २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै गरेको विषयमा छलफल भएको पाण्डेले जानकारी दिएका छन्।त्यस्तै, वाम पार्टीहरु एक ठाउँमा उभिएर समाजवादी केन्द्र बनाउने र त्यसका लागि नेतृत्व लिने विषयमा पनि छलफल भएको पाण्डेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?