Upalabdhi News

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, विश्वासको मतबारे छलफल गर्ने

उपलब्धि मिडिया
पुस २४, २०७९ | १०:४८ बजे


काठमाडौं पुस २४ गते । आज दिउँसो १ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारेमा छलफल हुने बताइएको छ।

यसका साथै, उक्त बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ। पार्टीले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?