निर्वाचनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराएको छ – दिनेशकुमार थपलिया

काठमाडौं पुस २४ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आज बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताएका छन् । उनले निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उनले स्पष्ट पारेका छन् ।
कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यसपटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुतिकरण गरेका छन् ।मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको समीक्षा कार्यक्रममा मतदाता नामावली, मतदान प्रक्रिया, जनशक्ति, सामग्री व्यवस्थापन, अनुगमन, निर्वाचन कानुन, सामाजिक सञ्जालको अनुगमन, मतदाता शिक्षा, पर्यवेक्षण, सूचना प्रविधि, लैङ्गिक समावेशीकरण आदि विषयमा समूहगत छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
