Upalabdhi News

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

उपलब्धि मिडिया
पुस २४, २०७९ | १२:५५ बजे


काठमाडौं पुस २४ गते । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । आज आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सयमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजारले बढेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार आठ सय पुगेको महासङ्घले जानकारी दिएको छ । छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले बढेर प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?