Upalabdhi News

विश्वासको मतबारे पार्टीले कुनै निर्णय नगरेको गरेको छैन –महन्थ ठाकुर

उपलब्धि मिडिया
पुस २४, २०७९ | ४:४१ बजे


काठमाडौ, पुस २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतबारे पार्टीले कुनै निर्णय नगरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले बताएका छन्। आज पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारे पार्टीमा कुनै जानकारी नआएकाले अहिले केही निर्णय नगरिएको जानकारी दिएका छन् ।

उनले सरकारले विश्वासको मतबारे पार्टीलाई औपचारिक जानकारी गराए छलफलबाट निर्णय लिने बताएका छन् । आफूहरू सत्तारुढ सात दलमा नरहेको भन्दै उनले सरकारलाई समर्थन वा प्रधानमन्त्रीलाई विश्वासको मतबारे पुस २६ गते नै थाहा हुने बताएका छन् । उनले अहिलेसम्म हामीलाई सरकारको तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएको र आएपछि पार्टीमा छलफल गरेर निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?