Upalabdhi News

तत्काल सरकारमा सहभागी नहुने माओवादी केन्द्र प्रदेश १ को घोषणा

उपलब्धि मिडिया
पुस २५, २०७९ | ९:३९ बजे


काठमाडौ, पुस २५ गते । नेकपा (माओवादी केन्द्र) प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । सत्ता साझेदार दलबीच केन्द्रमा भएको सहमतिले आफ्नो अपमान भएको ठहर गर्दै नेकपा माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारमा सामेल नहुने घोषणा गरेको हो।

माओवादी प्रदेश १ ले केन्द्रीय तहको गठबन्धनले प्रदेश १ सरकारको नेतृत्व चार वर्षसम्म एमालेलाई नै दिने सहमति गरेको निर्णयको विरोधमा यस्तो घोषणा गरेको हो। प्रदेश सरकारको नेतृत्व आलोपालो ढंगले गर्ने पूर्व सहमति उल्ट्याइएको भन्दै प्रदेश १ मा माओवादीले निर्णय नसच्याएसम्म सरकारमा सामेल नहुने बताएको हो। प्रदेश १ मा एमालेका तर्फबाट आइतबार हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्ति भएका छन्। उ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?