मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि पहल गर्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौ, पुस २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि आवश्यक सबै पहल गर्न निर्देशन दिएका छन् ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको खुलेको छ ।
आज प्रधानमन्त्रीले मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।प्रधानमन्त्रीको निर्देशनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल थालेको छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
