पछिल्लो समय अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गइरहेको छ –शंकरदास बैरागी

काठमाडौ, पुस २५ गते । निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले बताएका छन् । आज काठमाण्डौमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताएका छन् ।
पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको मुख्यसचिव बैरागीको भनाई छ । उनले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरु मर्जर भइ देशकै ठूलो बैंक बनेको ग्लोबल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताएका छन् । उनले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेबारेमा लागिपरेको उल्लेख गरेका छन् । वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढास्र एक जुट भइ काम गर्न आवश्यक रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार शीर्षकहर
थप
