Upalabdhi News

सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न सक्दैन –शेखर गोल्छा

उपलब्धि मिडिया
पुस २५, २०७९ | १२:२० बजे


काठमाडौ, पुस २५ गते । सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाई छ । आज काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताएका हुन । उनले बैंक बलियो भएपछि अर्थतन्त्रमा सबलता र स्थिरता आउँने जिकिर गरेका छन् । बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड भएको उनको भनाई छ ।

नेपालको अर्थतन्त्र चुनौतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाई छ । तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको उनले उल्लेख गरेका छन् । उनले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको र सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेका छन् । मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यकता रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?