Upalabdhi News

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमरकट्टेल नियुक्त

उपलब्धि मिडिया
पुस २५, २०७९ | २:५७ बजे


काठमाडौ, पुस २५ गते ।बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का सांसद शालिकराम जमरकट्टेल नियुक्त भएका छन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?